प्रमुख समाचार
May 28, 2020
ठूलो सङ्ख्यामा नेपालीको उद्धार
कैलाली, जेठ  १४  कैलालीको त्रिनगर नाकाबाट आज पनि ठूलो सङ्ख्यामा नेपालीको उद्धार गरिएको छ । स्थानीय प्रशासनको समन्वयमा भारतमा अलपत्र परेका चार हजार ७९६ जना नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उद्धार गरिएका कसैको पनि कोरोना सङ्क्रमणको परीक्षण हुन नसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । क्वारेन्टिनमा राखेकालाई योग अभ्यास सिकाइने धनगढी उपमहानगरपालिकाले क्वारेन्टिनमा राखिएका व्यक्तिलाई सामाजिक दूरी कायम गर्दै योग अभ्यास र स्वास्थ्यसम्बन्धी ज्ञान सिकाउने भएको छ । उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । “उपमहानगरपालिकाले आफँै तालिम दिएर यसअघि नै विद्यालयका ३० जना शिक्षकलाई योग प्रशिक्षक तयार गरेको छ”, प्रमुख नृपबहादुर वडले भन्नुभयो, “यसका लागि क्वारेन्टिनमै योग प्रशिक्षकलाई नै परिचालन गरी योग अभ्यास गराइने छ ।” प्रशिक्षकद्वारा बिहानको समयमा योग अभ्यास गराइने भएपछि क्वारेन्टिनमा राखिएका व्यक्तिमा स्फूर्ति ल्याउने प्रमुख वडको भनाइ छ । त्यसैगरी क्वारेन्टिनमा रहेकालाई स्वास्थ्यसम्बन्धी ज्ञान दिनका लागि स्वास्थ्यकर्मी पनि परिचालन गरिने उपप्रमुख सुशीला मिश्र भट्टले बताउनुभयो । स्वास्थ्यकर्मीले कोरोनालगायत अन्य रोगसम्बन्धी रोकथामका उपाय, सरसफाइ र क्वारेन्टिनमा रहेकाको मनोबल उच्च बनाउने किसिमका ज्ञान दिने बताइएको छ । उपमहानगरपालिकाका १९ वटा क्वारेन्टिनमा हालसम्मको तथ्याङ्क अनुसार ३१० जना रहेका छन् र यो सङ्ख्या थपिन सक्ने क्वारेन्टिन व्यवस्थापन उपसमिति संयोजक नारायणप्रसाद बरालले बताउनुभयो । त्रिनगर भन्सार क्षेत्र सेनिटाइज गरियो धनगढी उपमहानगरपालिका सरसफाइ शाखाका कर्मचारीसहितको टोलीद्वारा कैलालीको त्रिनगर भन्सार नाका क्षेत्रमा सरसफाइ तथा सेनिटाइज गर्ने काम गरिएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाइमा भन्सार नाका क्षेत्रमा सरसफाइ तथा सेनिटाइजको काम गरिएको बताइएको छ । सीमामा अलपत्र परेकालाई खाना खुवाएका पेपर, प्लेट, पानीका बोतल, चाउचाउ बिस्कुटलगायतका खोस्टाले भन्सार क्षेत्र छेउछाउ फोहर बढेसँगै सरसफाइ र सेनिटाइज गर्ने काम गरिएको नगर प्रमख वडले बताउनुभयो । उपमहानगरपालिकाले बजारका मुख्य सडक र टोल टोलमा समेत यसअघि औषधि छर्किने काम गरिसकेको जनाइएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video