समाज
May 28, 2020
क्वारेन्टिनमै मृत्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ
काठमाण्डौं । जेष्ठ १५ । क्वारेन्टिनमै मृत्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पिसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन व्यवस्थापनको कार्य हेर्नका लागि गएका वडाध्यक्ष राना कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भइ मृत्यु भएको थियो । राति नै रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।

कोरोना भए/नभएको यकिन गर्नका लागि मृतक रानाको स्वाबको नमूना लिइएको थियो । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार रानाको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । उहाँका अनुसार अस्पतालकै आइसोलेसनमा बसेका कैलालीका गौरीगङ्गा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको स्वाबको रिपोर्टसमेत नेगेटिभ आएको छ । इसोलेसनमा बसेका व्यक्तिको बुधबार बिहान ६ बजे मृत्यु भएको थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video