राजनीति
May 28, 2020
चन्द समूहका केन्द्रीय नेता गिरफ्तार
काठमाण्डौं । जेष्ठ १५ ।नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेका हुन् ।

प्रहरीले गजमेरलाई पुनःगिरफ्तार गरी काठमाडौँ लगेका हुन् । सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेरलाई बुधबार सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशानुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरे र अधिकारकर्मी हिरामान लामाको रोहवरमा गजमेरलाई थुनामुक्त गरिएको थियो ।
 
लामाका अनुसार चन्द समूहका दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य गजमेरलाई धुलिखेल प्रहरीले थुनामुक्त गरेलगत्तै प्रहरी निरीक्षक सुरेश खत्री नेतृत्वको सादा पोशाकका प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट गिरफ्तार गरी काठमाडौँ लगेको हो । गजमेरलाई गत वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतबाट काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ ।
 
गजमेरले यही जेठ २ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो । केही महिनाअघि सिन्धुपाल्चोकबाट गिरफ्तारीमा परेका गजमेरलाई सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा दोलखा, रामेछापपछि काभ्रेपलाञ्चोकमा मुद्दा चलाइएको थियो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video