प्रमुख समाचार
May 27, 2020
स्थापना दिवसमा दीप प्रज्वलन
चितवन, जेठ  १४   नेपाल प्रेस युनियनको २९औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा चितवनले दीप प्रज्वलन गरेको छ । युनियनको आफ्नै भवन रहेको शाखाले मङ्गलबार साँझ कार्यालयमा दीप प्रज्वलन गरेको हो । युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उहाँले कोरोना भाइरसको सङ्क्रमणका समयमा पत्रकारलाई प्याकेजको घोषणा गर्न सरकारसँग माग गर्नुभयो । अहिले राजधानी बाहिर सञ्चालित पत्रपत्रिका बन्द हुने अवस्थामा पुगेको भन्दै उहाँले यस क्षेत्रको जगेर्ना गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमणकालीन समयमा भ्रष्टाचार र मनोपोली बढ्न सक्छ, यसप्रति तपाईँ हामी सजग रहनुपर्छ ।” यस्तै प्रेस युनियन चितवनले भरतपुर महानगरपालिका–९ मा रहेको चितवन मानव सेवा आश्रममा रहेका आश्रितलाई खान खुवाएको छ । शाखाका जिल्ला अध्यक्ष अनिल ढकालका अनुसार आश्रममा रहेका आश्रितलाई स्थापना दिवसका अवसरमा खाना खुवाइएको हो । कोरोना भाइरसको सङ्क्रमणका समयमा प्रेस युनियन चितवन शाखाले पत्रकारलाई राहत वितरणदेखि मास्क, स्यानटाइजरलगायत सामग्री वितरण गर्दै आएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video