प्रमुख समाचार
May 26, 2020
नुवाकोटको लिखु खोलामा प्रहरीको देखावटी चेकीङ, अनुमती र नम्बर प्लेटनै नभएको स्काभेटरलाई समेत कारबाही भएन
रबिन थपलिया । नुवाकोट । जेष्ठ १३ । नुवाकोटको पञ्चकन्या गाँउपालीका र तादी गाँउपालीकामा आज बिहानै रोचक दृष्य देखियो । प्रहरी चौकी छहरेको सामुन्ने अगाडी दुवै गाँउपालीकाको बिचमा बग्ने खोलामा जिल्ला प्रहरी कार्यालय नुवाकोटको बिशेष टोलीले बिहानै देखि चेकजाँच थाल्यो । हतपत त्यहाँ कहिल्यै नपुग्ने प्रहरी टोली पुगेपछि सर्वसाधारणहरु धेरै अचम्मीत भयो । खोलामा उत्खनन गरीरहेका स्काभेटर र टिफरको लाइन लाग्यो । छहरे र थान्सीङका जनताले पहिला त चेकिङ हो कि टिफरको आन्दोलन के हो भन्नेमानै कन्फ्युज भए । नेपाल प्रहरीकी महिला इन्सपेक्टरको नेतृत्वमा पुगेको प्रहरी टोलीले गाडीका कागजपत्र देखि उत्खननको अनुमती समेत माग्यो । धेरैको कागजपत्र नभएको र केहिको अनुमती समेत नभएको फेला पारेपछि आवश्यक कागजपत्र नभएको गाडीलाई लाइन लगाएर राख्यो । खोलामा भइरहेको अवैध उत्खनन रोक्न प्रहरीको कार्यको बजारमा प्रशंसा भइरहेको थियो । तर सर्वसाधारणको प्रहरी प्रतिको विश्वास र प्रशंसा ४ घण्टा पनि टिकेन । चार घण्टा पछि माथीको आदेशमा प्रहरीले १० वटा टिफर र स्काभेटरको साँचो गाँउपालीकाको अध्यक्षलाई हस्तान्तरण गरेर र्फकियो । 
घटना यस्तो थियो 
आज बिहान जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अभिनारायण काफ्लेको आदेशमा लिखु गाँउपालीका र पञ्चकन्या गाँउपालीकामा अबैध उत्खनन र सामान ओसार पोसार भइरहेको सुचनाको आधारमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो । विहान ८ः३० बजे पुगेको प्रहरी टोलीले उत्खनन गरिरहेका स्काभेटर र टिफरहरुको चेकजाँच सुरु गरेको थियो । दुबै गाँउपालीकाको बिचमा पर्ने खोलामा उत्खननको लागि पञ्चकन्या गाँउपालीकाले जिल्ला समन्वय समिति नुवाकोटलाई पत्र लेखि १५ वटा गाडीलाई उत्खननको लागि मागेका थियो । पछि १० वटा टिफर र एउटा स्काभेटरलाई उत्खननको लागि अनुमती पाएको थियो । त्यस्तै लिखु गाँउपालीको अनुरोधमा सोहि ठाँउमा उत्खननको लागि एउटा स्काभेटर र ५ वटा गाडीले अनुमती पाएको थियो । उत्खननको लागि अनुमती माग गरेको भन्दा बढी गाडी र स्काभेटरको लर्को देखेपछि स्थानीयबासीहरुको गुनासोको आधारमा प्रहरी चेकजाँचको लागि पुगेको थियो । चेकजाँचको क्रममा दुवै गाँउपालीकाले अनुमती नदिएका गाडी र स्काभेटर समेत प्रहरी टोलीले फेला पारेको थियो ।
नम्बर प्लेटनै नराखी अवैध उत्खनन गर्ने स्काभेटर कस्को ?

यहि हो नम्बर प्लेट र अनुमती नलिई उत्खनन गर्ने स्काभेटर । प्रहरी पुगेपछी चालकले यसरी छाडेर भागेका थिए ।  
बिहानै चेकजाँचको लागि प्रहरी टोली पुगेपछि यो स्काभेटर झाडीमा लुकाएर चालक फरार भएका थिए । अबैध उत्खनन गरिरहेको यो स्काभेटरको नम्बरप्लेट र अनुमती पत्र समेत छैन् । यसरी अबैध उत्खनन गर्ने स्काभेटर कस्को हो भन्ने बारेमा खुल्न सकेको छैन् । स्काभेटरलाई बेबारीसे अवस्थामा प्रहरी टोलीले भेटेपनि त्यतीकै छाडेर हिडेको थियो । प्रहरीको विशेष चेकजाँचको जानकारी पुगेपछि त्यहाँ पुग्नुभएका पञ्चकन्या गाँउपालीकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले अबैध उत्खनन गरिरहेको स्काभेटर बारेमा अनभिज्ञता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो केहि बेर अघि लिखु गाँउपालीकाको अध्यक्ष ज्युसंग पनि मेरो कुरा भएको थियो यो स्काभेटरलाई दुवै गाँउपालीकाले सञ्चालनको लागि अनुमती दिएको छैन्, यस बारेमा बुझेर कारबाहीको गर्ने छौं । 
कागजपत्र नभएका स्काभेटर र टिफरको साँचो गाँउपालीकाको अध्यक्षलाई हस्तान्तरण

स्काभेटर र टिफरको साँचो बुझदै पञ्चकन्या गाँउपालीकाका अध्यक्ष तेजबहादुर तामाङ
चेकजाँचको क्रममा १० वटा गाडी र स्काभेटरको कागजपत्र नभएपछि साँचो लिएको प्रहरी टोलीले दिँउसो पञ्चकन्या गाँउपालीकाका अध्यक्ष तेजबहादुर तामाङलाई हस्तान्तरण गरेको थियो । प्रहरी टोली र हामी सहित रहेको सो अवसरमा गाँउपालीकाका अध्यक्ष तामाङले कागजपत्र भएको र अनुमती पाएका गाडीको साँचो र्फिता दिने र अबैध उत्खनन गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो अबैध काम गर्नेलाई काननु अनुसार कारबाही हुन्छ ।
 
जिल्ला समन्वय समितिको आदेशमा छाडेका हौं : एसपी काफले
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी अभिनारायण काफ्लेले जिल्ला समन्वय समितिको आदेशमा आफुले स्काभेटर र टिफर छाडेको बताउनुभयो । चेकजाँच गर्ने काम प्रहरीको भएपनि अन्य काम स्थानीय निकायको रहेकाले आफुले केहि गर्न नसक्ने बताउनुभयो । नम्बर प्लेट र अनुमती पत्रनै उत्खनन गर्ने स्काभेटरलाई उन्मुक्ती दिइएको बारेमा एसपी काफ्लेले त्यसबारेमा बुझेर आवश्यक प्रकृया अगाडी बढाउने बताउनुभयो । 

ठुलालाई उन्मुक्ती सानालाई डण्डा
केहि समय अगाडी पञ्चकन्या गाँउपालीक र लिखु गाँउपालीकाको बिचमा रहेको छहरे पुल पारीको क्रसरबाट ढुंगा बोकेर र्फकंदै गरेको एक टिफरलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला समन्वय समिति नुवाकोटमा पठाएको थियो । उक्त टिफरलाई केहि दिन राखेर २० हजार जरिबाना तिराएर जिल्ला समन्वय समिति नुवाकोटले छाडेको थियो । एउटै ठाँउमा यस्तै काम गर्ने व्यवसायी र स्वरोजगार मुलक टिफरलाई दुईवटा कानुन लगाएको भन्दै प्रहरीको काम कारबाही माथी पनि सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् । 

प्रहरीलाई दबाब
नुवाकोटका खोलाहरुमा यसरी अबैध उत्खनन गर्ने धेरै जसो स्थानीय निकायका जनप्रतिनिधि, नेता र उनिहरुको कार्यकर्ताहरुको संलग्नता रहेको छ । खोलामा अबैध गतिबिधि नियन्त्रण गर्न प्रहरी परिचालीत भएपनि राजनीतिक दबाबमा उनिहरुलाई प्रहरीले कारबाही गर्न सकिरहेको छैन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटको जिम्मेवारी पाएलगत्तै एसपी अभिनारायण काफलेले अबैध रुपमा खोलामा रहेका ४६ वटा स्काभेटरलाई कारबाहीमा ल्याएपनि त्यसयता यस्ता ठुला कारबाही हुन नसकेको सर्वसाधारणको भनाई रहेको छ ।
 

यस बारेमा बिस्तृत समाचार भोली दिने छौं ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video