प्रमुख समाचार
May 26, 2020
विकास योजना र बजेट भुक्तानीको काम अन्तिम चरणमा
मेलम्ची, जेठ १३   सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो विकास बजेट र योजनाको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले विभिन्न योजनाको ६० प्रतिशत भुक्तानी र ९० प्रतिशत योजनाको काम सम्पन्न भइसकेको जनाएको छ । चालु आर्थिक वर्षमा सञ्चालित अधिकांश योजनाको काम अन्तिम चरणमा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले जानकारी दिनुभयो । योजनाको काम पनि ९० प्रतिशत सकियो बजेट पनि ६० प्रतिशत सकियो, असार मसान्तसम्म सबै योजनाका काम सम्पन्न गर्ने लक्ष्यअनुरुप काम भइरहेको गाउँपालिकाका लेखा अधिकृत आर्जन श्रेष्ठले जानकारी दिनुभयो । गाउँसभाले बजेट पारित गरेसँगै योजनाको ठेक्का सम्झौता गर्न आह्वान गरेको थियो । “तत्काल योजना कार्यान्वयमा लग्ने नीतिअनुरूप सम्झौता गरेका थियौँ”, अध्यक्ष शेर्पाले भन्नुभयो, “योजना सम्झौता गर्दा नै चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोेकेका थियौैँ । त्यहीअनुसार सबैले काम धमाधम गरेका छन् ।” .हेलम्बु गाउँपालिकाले चालू आर्थिक वर्षमा रु ४० करोडको बजेट ल्याएको थियो । अध्यक्ष शेर्पाका अनुसार हेलम्बुमा निर्माणाधीन ग्रेडट्रेलको काम पनि धमाधम अगाडि बढिरहेको छ । लकडाउनले गर्दा समस्या त भएका छन् तर समस्याका बाबजुद पनि ग्रेडट्रेलको काम सञ्चालन भइरहेको शेर्पाले बताउनुभयो । त्यस्तै हेलम्बु गाउँपालिकाले नागरिकलाई दिने सेवा सुविधा सहजरुपमा उपलब्ध गराइरहेको छ । सेवा लिनका लागि गाउँपालिका आउने जोकोहीलाई पनि दूरी कायम गरेर सेवा दिइरहेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video