प्रमुख समाचार
May 26, 2020
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु
सप्तरी,  जेठ १३  होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । गर्भवती महिलालाई १००.२ डिग्री ज्वरो आएपछि गत बिहीबार राजविराजस्थित डा विनिता यादवको क्लिनिकमा उपचारका लागि लगिएको थियो । चिकित्सकले पाँच दिनपछि पुनः परीक्षणका लागि बोलाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार महिलालाई पिसाबको सङ्क्रमण (युटीआइ) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । अठार साताकी गर्भवतीलाई १० दिनदेखि ज्वरो आएको थियो । कोरोना सङ्क्रमणसित मिल्ने लक्षण देखिएको र होम क्वारेन्टाइनमा रहेकीले मृतकको स्वाब लिने तयारी भइरहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव डम्बर महतोले जानकारी दिनुभयो । मृतकको स्वाब सङ्कलनको रिपोर्ट नआउञ्जेल दाहसंस्कारका लागि प्रतिक्षा गर्न उपयुक्त हुने महतोले बताउनुभयो । मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video