प्रमुख समाचार
May 24, 2020
नुवाकोटमा क्वारेन्टीन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई
रबिन थपलिया । नुवाकोट । जेष्ठ ११ । नुवाकोट जिल्लामा सञ्चालीत क्वारेन्टीनको व्यवस्थापनको जिम्मा नेपाली सेनाको जबरजंघ गणलाई दिने निर्णय गरिएको छ । 
नुवाकोटका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय क्राइसीस मेनेजमेन्ट सेन्टरको बैठकले जिल्ला स्तरीय क्वारेन्टीनमा बस्ने व्यक्तिहरुको खाना लगायतको बन्दोबस्तीको व्यवस्था सहित नेपाल सरकारले तोकेको मापदण्ड बमोजीम सञ्चालनको जिम्मेवारी नेपाली सेनाको जबरजंघ गणलाई दिने निर्णय गरेको हो । बैठकले क्वारेन्टीनमा आवश्यक स्वास्थ्यकर्मीको परिचालन सहित स्वास्थ्य सम्बन्धी सम्पुर्ण व्यवस्थापन त्रिशुली अस्पतालको समन्वयमा स्वास्थ्य कार्यालयले गर्ने निर्णय गरेको छ । 
Image may contain: text
बैठकले स्थानीय निकायले बिदेशबाट र्फकिन सक्ने सम्बन्धीत व्यक्तिहरुको संख्यालाई मध्यनजर गरी थप क्वारेन्टीनको स्थापना गर्न जिल्ला स्थीत स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । 
छिमेकी जिल्लाहरु लगायतका मुलुकका अधिकंस जिल्लाहरुमा संक्रमण फैलिंदै गएकाले सम्बन्धीत संक्रमणको जोखिमलाई मध्यनजर गरी जोखिम न्युनीकरण तथा नियन्त्रणका लागि भइरहेका कामलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता बैठकले महसुस गरिएको उल्लेख गरिएको छ ।   
त्यस्तै संक्रमीतको संख्या बृद्धि भएर स्थानीय निकायमा राख्ने ठाँउ नभएमा बिदुर नगरपालीका ५ स्थीत च्वाडी पब्लीक माविमा तत्कालका लागि १०० बेडकोक्वारेन्टीन स्थापना गर्ने निर्णय गरिएको छ । 
नुवाकोट जिल्लामा सञ्चालन हुने क्वारेन्टीनको स्थापना र व्यवस्थापनका लागि सबै स्थानीय निकायले दामासाही रुपमा खर्च व्यहोर्ने समेत बैठकले निर्णय गरेको छ । 
समितिको जेष्ठ ५ गते बसेको बैठकले जिल्ला बाहिरबाट कुखुराको चल्ला आयात गर्न रोक लगाइएको मा जोखिम रहित क्षेत्रबाट जोखिम न्युनिकरणको उपाय अवलम्बन गरी स्थानीय प्रसाशनको अनुमती लिएर कुखुराको चल्ला ल्याउन दिने निर्णय गरिएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video