समाज
May 23, 2020
जनता सामाजबादी पार्टी लहान द्वारा एक दिने रक्तदान कार्यक्रम
राजेन्द्र महतो लहान जेष्ठ १० गते। ।विश्व कै महामारी  कोरोना भाइरसको कारण सरकारले घोषणा गरेको लकडाउनमा महामारीको बेला रगतको अभाव  नहोस भन्ने हेतुले  सिरहाको लहान नगरपालिका – २४ गोबिन्दपुरमा एक दिने  रक्तदान कार्यक्रम  भएको छ। 
 जनता सामाजबादी पार्टी  लहान नगर समिति  तथा  वडा समिति(२४   र रक्त सञ्चार  सेवा केन्द्र  लहानको संयुक्त  आयोजनामा एक दिने रक्तदान कार्यक्रम  भएको  हो।
सो रक्तदान कार्यक्रम मा जनता समाजबादी पार्टीका युवा नेता मनोज कुमार यादब , बलिराम यादब, संजय यादब , लगनलाल पासवान , संजय कुमार साह , राम चलितर दास , नागेश्वर यादब , संतोष शर्मा लगायत ४० जना जनता सामाजबादी पार्टीका प्रतिनिधि, समाजसेबी तथा  बिधार्थीहरुले रक्तदान गरेको जसपाका युवा नेता राम चलितर महतोले बताएका छ्न।
जसपा सिरहा क्षेत्र न। १  ९क० का अध्यक्ष शितल कुमार साहको अध्यक्षतामा समपन्न सो  रक्तदान कार्यक्रममा  नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ता , पार्टीका नेता भरत साह , स्थानीय  सुरक्षा  निकाय  लगायतका  सहभागिता रहेको थियो ।
कार्यक्रममा पत्रकार महासंघ सिरहाका सभापती दिनेश्वर प्रसाद गुप्ता ले यस्तो विषम परिस्थितिमा पनि  जनता समाजबादी पार्टीले आकस्मिक  रक्तदान कार्यक्रम गरेर निकै प्रशंसा गर्न योग्य काम गरेको  बताएका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video