विचार/अन्तरवार्ता
May 23, 2020
जनता सरकार र साम्राज्यवाद
बन्धुदेव पाण्डे विश्व साम्राज्यवाद÷विस्तारवादः स–साना, गरीव, कमजोर मुलुकहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट प्रभाव पार्नु विस्तारवादको नीति हो । यसले राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, सैनिक लगायत अन्य कुनै पनि कुटनैतिक विधिबाट ती कमजोर मुलुकहरुलाई आफ्नो प्रभावमा पारीरहेको हुन्छ । मौका मिलेको बखत आर्थिक प्रलोभनमा पारेर आफ्ना देशमा गाभ्ने षडयन्त्रहरु गर्न पनि लाग्दछन् । साम्राज्यवाद पर्याय शव्द फरक भए पनि यि दुवैको सार अन्तमा एउटै देखिन्छ ।
पूँजीवादको उच्चतम अवस्थाको नाम नै साम्राज्यवाद हो । साम्राज्यवाद पूँजविादको मरणासन्नको अवस्था हो । यसले जे जसरी भए पनि बलियो देशले बजार विस्तार गर्न उसले आफ्नो राजनैतिक हस्तक्षेप बढाउँछ । जसले गर्दा अरु कमजोर मुलुकमाथि प्रत्यक्ष वा अप्रत्यक्ष अतिक्रमण गरी कव्जा जमाउन पुग्छ । कुनै पनि ठूला शक्तिशाली देशले अन्य स–साना मुलुकहरुको राष्ट्रियतालाई लूट्ने, मिच्ने, शोषण गर्ने, आफ्ना कठपूतली बनाउने गर्दछन् । अन्तमा आफ्नै मुलुकमा गाभ्ने नीति अँगाल्दै ती देशहरुलाई गाभ्न सक्छन् । 
नेपालको सापेक्षतामा अहलिे करीव साम्राज्यवाद र विस्तारवादको यस्तै चपेतामा हामी पर्दै पनि आइरहेका छौँ । नेपाली जनताको सोझोपनको फाइदा उठाउने काम यी दुवै शक्तिले लिन खोजिरहेका पनि छन् । साम्राज्यवादले हाम्रा शासकहरुलाई आर्थिक प्रलोभनमा पार्दै आइरहेको छ । विस्तारवादले साँस्कृतिक, प्राकृतिक स्रोत साधन र भूमि माथि नाँगो अतिक्रमण गर्दै पनि छ । सुन, कोकीन, ब्राउन सुगर जस्ता तस्कर गर्ने देखि लिएर अहिले मानव तस्करसम्म गर्न साम्राज्य शक्तिहरु लागिपरिरहेको सर्वविदितै छ । 
अहिले हामीकहाँ भारतीय विस्तारवाद कोरोनाको सँक्रमणको फाइदा उठाउँदै सीमा अतिक्रमण गरिरहेका छ । त्यस्तै अमेरीकी साम्राज्यवाद एम.सी.सी.को नाउँमा आफ्नो स्थाइ क्याम्प नेपालमा राख्न दुई तिहाई बहुमतबाट संसदमा पारित गराउन खोजिरहेकोछ । दक्षीण एसियामा अवस्थित मुलुक नेपाल अमेरीकी साम्राज्यवादको दृष्टिमा सामरीक महत्व रहेको दर्शाउछ । त्यसैले यहाँ उसले वर्षौ देखि आफ्नो गीद्दे दृष्टि राख्दै नेपाललाई अमेरीकाको उपनिवेश बनाउन तल्लिन छ ।
दक्षिण एसियाको महत्त्वपूर्ण स्थान नेपाल चीनको काखमा रहेकोले अमेरीकी आँखा लाग्नुको मुख्य कारण हो । यहाँ एम.सी.सी. संसदको दुई तिहाई बहुमतद्वारा पारित गराउन सके यहाँको शासनको बागडोर आफ्नो हातमा लीन उ आतुर रहेको छ । त्यसकारण उसले शेरबहादुर जस्ता आफ्ना नोकरद्वारा बर्षौ पहिले नै दस्तावेज पारीसकेको थियो । को हो शेरबहादुर ः २०४८ मा गृहमन्त्री, तत्कालिन अमेरीकी राजदूत जुलयिाचाङ्का घनिष्ट मीत्र बने । २०४८ पहिलो जनआन्दोलन दिवसमा दर्जनौ निमुखा जनतामाथि हत्या गनेर्, कम्युनिष्ट बिरोधी पात्र हुन् । जुलियाचाङ्–शेरबहादुरको कार्यकालमा तत्काल एमालेका महासचिव मदन भण्डारी र  संगठन प्रमुख जीवराज आश्रीतको दुर्घटना (हत्या) समेत भएको थियो । तत्पश्चात् आरजु र शेरबहादुरको बिबाह समेत अमेरीकी राजदूत जुलियाचाङ्को निर्देशनमा भएको पनि थियो । विडम्वना आज तिनै कम्युनिष्ट विरोधि शेरवहादुरको प्रस्ताव माथि दुई तिहाई कम्युनिष्ट सांसदहरु के भनेर मतदान गर्दैछन् ! मदन भण्डारीका तिनै श्रीमती राष्ट्रपति छिन् । मदन भण्डारीका सहकर्मी प्र.म.ओली छन् !! 
“साम्राज्यवादी शक्ति त केवल कागजी बाघ हो !”–माओले भने झैँ यो शव्दलाई हामीले कहिल्यै बिर्सन सक्दैनौ । साम्राज्यवादले हामीकहाँ थुप्रै एजेण्टहरु तयार गरेको हुन सक्छ । उसंग लड्नुभन्दा पहिला यहाँ रहेका उसका एजेन्टहरलाई धुलो चटाउनु नैँ नेपालको सफलता हुन सक्छ । विश्वमा उसले कहिलेपनि जीतेको छैन र भोलिका दिनहरुमा पनि उ जित्न सक्ने छैन । हामीले यो विर्सन भएन की श्रमजीवि नेपालीहरु एक जुट हुनै पर्छ । यदि हामी एकजुट हुन सकेनौं भने उसले हामी माथि वर्षौसम्म शासन गर्ने नैँ छ । 
हिजोका दिनमा फिलिपिन्सका शासक मार्कोस, इण्डोसियाका शासक सुहार्तो, इरानका शासक जाहिर शाह जस्ता शासक बनेमा उसले निश्चित रुपमा एम.सि.सि. पास गराई छाड्छ । तर इतिहासले कहिलै पनि ति शासकहरुलाई माफि दिने छैनन् । त्यसैले हामीले साम्रज्यवादको विरुद्ध कस्तो अडान लिने निर्णय लिनु पर्छ । उत्तर कोरियाका सासक किम जोङ, क्युवाका शासक पिडल क्यास्ट्रो लगायतका नेताले जस्तो हामीले अडान कायम गर्न सक्नै पर्छ । यसो गर्न सकेको खण्डमा उसको प्रयत्न असफलता तिर पक्कै पुग्ने छ । 
१. हामी ३ करोड नेपालीहरुले एम.सि.सि. को बारेमा गहिरो अध्ययन गर्ने, कि नगर्ने ?
२. गुगलामा सर्च गरेर एम.सि.सि. दस्तावेज खोजेर हेर्ने, कि देउवाको भनाइमा विश्वास गर्ने ?
३. ट्रान्सफर्मर बनाउनको लागि एम.सि.सि.संसदमा पास गर्ने, कि नागरिक ऋण पत्र जाहेर गर्ने ?
४. हिजो महाकाली सन्धि गर्दाको हिसाब खोज्ने, कि नखोज्ने ?
५. एम.सि.सि. लाई महाकाली सन्धि जसरी संसदमा पेश गर्ने कि, महाकाली सन्धिबाट पाठ सिक्ने ?
६. साम्राज्यवादको नवऔपनिवेश नेपाल बनाउने की, नेपाल स्वतन्त्र राष्ट्र रहन दिने ?
यी प्रश्नहरु ३ करोड नेपालीहरुले मनन गरौं र अनि समाधान तर्फ लागौं । यो नै आज हामी सम्पूर्ण नेपालीहरुको मुख्य कर्तव्य हुन आउछ । हामी सबै नेपाली एक जुट हुन सकेमा सम्राज्यवादलाई भियतनामका जनताहरुले सन् १९७० मा जसरी परास्त गरेर भगाउन सक्नु पर्छ । “शासकको शक्ति भन्दा आम जनताको शक्ति सयौं गुना बलवान हुन्छ” भन्ने वाक्य हामीले कहिल्यै भुल्नु हुँदैन । 
पाण्डे बाम बुद्धिजीवि तथा देशभक्त गणतान्त्रीक मोर्चा, नेपालका नेता हुनुहुन्छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video