प्रमुख समाचार
May 22, 2020
चीनद्वारा सामग्री सहयोग
रसुवा, जेठ  ९ ।  रसुवागढी नाकामा काम गर्ने सुरक्षाकर्मीलाई जाँच परीक्षणमा सहज बनाउन चीन सरकारले आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेको छ । बिहीबार हस्तान्तरित सामग्रीमा ब्यागेज स्क्यानर , वाक थ्रु गेट एक÷एक थान एवं मेटल डिटेक्टर पाँच थान रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । एकीकृतरूपमा भन्सारलगायत सुरक्षा अङ्गलाई व्यवस्थित जाँच परीक्षण भवनको निर्माण अगाडि बढिरहेको छ । यस्तो अवस्थामा सुरक्षा अङ्गबाट हातले छामेर भए पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेको र प्राप्त सहयोग सामग्रीले जाँच परीक्षणमा थप मद्दत पुगेको सशस्त्र प्रहरी २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बताउनुभयो । यसअघि पनि चीन सरकारले कोभिड–१९ लाई ध्यानमा राख्दै रसुवा जिल्लालाई तीन चरणमा खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरिसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video