प्रमुख समाचार
May 21, 2020
मिनीट्रक दुर्घटना : दुईको अवस्था गम्भीर
डोटी,  जेठ जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ सुनगडामा बा२क २७३९ नंको मिनीट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार सो गाउँपालिकामा निर्माणाधीन मौरासेन सेती हाइड्रोपावरमा काम गर्ने कामदार लिएर आउँदै गरेका उक्त मिनीट्रक आज दुर्घटनामा परेको हो । घाइते हुनेमा निर्माण व्यवसायीसमेत रहेका बाँकेको राजापुर–२ का ५० वर्षीय शान्त मल्ल, भारतको हससोलका ५५ वर्षीय किशोर सिंह, बाँकेको गुरुवा गाउँपालिका–५ बयलपुरका मिनीट्रक चालक ३० वर्षीय रमाल वाया र रामेछाप लिखु गाउँपालिका–६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ रहेका छन् । घाइतेमध्ये मल्लको दाहिने खुट्टा भाँच्चिएको छ भने छातीमा गम्भीर चोट लागेको तथा सिंहको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते चारै सबैलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको जिल्ला निरीक्षक बोहराले बताउनुभयो । गाडी सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको छ । ––––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video