कृषि/प्रविधि
May 21, 2020
भारतबाट तरकारी र फलफुल निर्वाद रुपमा आयात, नेपाली केराले भने पाएन बजार
काठमाण्डौं । जेष्ठ ८ । नवलपरासी ( पश्चिम सुस्ता पश्चिम ) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौँ पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म बजारीकरणका लागि केरा पु¥याउन निकै समस्या भएको  छ । 
  नवलपरासी (बर्दघाट – सुस्ता पश्चिम) जिल्लाको दक्षिणी भेग विशेष गरी  केरा खेतीका लागि उपयुक्त मानिन्छ । बन्दाबन्दीमा नेपाल सरकारले कृषि उपजलाई सहजै बजारीकरणका व्यवस्था भएको जनाए पनि बजारीकरणमा समस्या देखिएको केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष लख्खु यादव बताउनुहुन्छ ।
स्थानीय बजारमा सामान्य मात्रामा केरा बिक्री हुँदै आए पनि ठूला शहर बजारसम्म केरा पुग्न नसकेको प्रतापपुर –५ कठहवामा २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका किसान मोतीलाल कोइरीको भनाइ छ । ऋण लिएर खेती गर्दै आएका किसानलाई केरा बिक्री नहुँदा झन् ठूलो समस्या हुँदै आएको प्रतापपुर –६ का किसान  इन्द्राज पासीको भनाइ छ । खेतमा तयार भएको केराले बजार पाएको छैन । भारतीय बजारबाट सहजै रुपमा केरा भित्रिने गरे तर नेपाली उत्पादनले बजारीकरण गर्न नपाउँदा समस्या भएको प्रतापपुर –५ कठहवामा किसान चन्द्रिका कोहार बताउनुहुन्छ  ।
कृषि ज्ञान केन्द्र नवलपरासी ( बर्दघाट – सुस्ता पश्चिम ) कार्यालयका अनुसार  जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्र्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन  हुँदै आएको छ । यहाँका किसानको आम्दानीको दरिलो स्रोत केरा खेती मानिएको छ । किसानले रु ५० देखि रु ६० सम्ममा एक दर्जन काँचो केरा बेच्छन् ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video