विचार/अन्तरवार्ता
May 20, 2020
जनता सरकार र साम्राज्यवाद
बन्धुदेव पाण्डे यथार्थता हल्लाको पछि लाग्ने हाम्रो विशेषता हो कर्मलाई भन्दा भाग्यमा विश्वास गर्ने र आफ्नो ढंग नपुग्दा अरुको दोष देख्ने हाम्रो प्रवृत्ति छ । काम गर्न अल्छि मान्ने अलौकिक शक्तिले हाम्रो इच्छा पुरा गरिदिने आशमा हामी भर पर्छाैं । खेत वारी बाँझै राखेर जुवा खेल्दै भट्टिमा रमाउँछौं । विदेशतिर श्रम गर्न मन लाग्ने स्वदेशमा पहिचान राख्न नसक्ने हाम्रो स्थिती छ । नेपालमा पढ्ने ज्ञान हासिल गर्ने त्यसको सदुपयोग विदेशमा पुगेर गर्ने । सरकारले छात्र वृत्ति दिएर पढ्न पठाएकाहरु विदेशमै पलायनमा रम्ने गर्दछन् । रुस, चीन जस्ता मुलुकमा अध्ययन गर्न गएका डाक्टर तथा इन्जिनियरहरु आज साम्रज्यवादी मूलुकमा आफूले अध्यन गरेका मुलुकका बारेमा उनीहरुलाई थाहा दिन पुग्छन् । नेपालका अब्बल दर्जामा पुगेका नेता तथा सरकारी कर्मचारीहरु स्वदेशमा साम्रज्यवादका चर्को विरोध गर्दछन् । मौका पर्दा आफ्ना सन्तानहरुलाई तिनै साम्रज्यवादी मूलुकहरुमा अध्ययन र श्रम गर्न पठाइरहेका हुन्छन् । अवकास पाई सकेपछि नेपालका उच्च अफिसरहरु पनि ति मूलुकहरुमा स्थायी रहन पुग्छन् । दिउँसो मन्त्रालय विभागमा नेपाल सरकारका कर्मचारी बन्छन् । रातमा तिनै कर्मचारी विस्तारवाद र साम्रज्यवादका दुतावासमा “कुत्ताके खजना” थाप्न पुग्छन् । नेपाली युवाहरु नेपालमा जन्मन्छन् योग्यता पछि तिनै साम्रज्यवादका सैनिक सेवामा भर्ना हुन्छन् । तिनैका छोरा छोरीहरु चैँ साम्रज्यवादकै शिक्षा पाएर नेपाली भूमी विर्सन पुग्छन् । पुर्रखौली तात्थलो, भाष सस्कृति सबै कुराहरु विर्सन पुग्छन् । “सत्य सेवा सुरक्षणम्” को वर्दिमा लुट, अपहरण हत्या, तस्करका कार्यमा हाम्रा केही सुरक्षाकर्मी लागि रहेका पनि सर्व विदितै छ । एयरपोर्टमा समाएका सुन कहाँ पुगे ? धादिङ्गमा समाएका सुन थानकोट पुग्दा पित्तल बन्न पुग्दछ । यसरी हामी जनताहरु जस्ले जे गरे पनि टुलु टुलु हेरीरहेका हुन्छौं । चीलले कान लग्यो भनेर आफ्ना कान छाम्न पट्टि नलागी चील लखेट्ने क्रममा आफ्नो वस्तुहरु गुमाउन तिर लाग्छौं । गणेशले दुध पिए भनेर लोटीमा दुध चढाउन पुग्छौं । यो हाम्रो कम्जोरी पक्ष हो । 
२००७ साल देखि बर्तमानसम्म अवलोकन गर्दा हामी नेपाली जनताहरु अर्काको विश्वास गर्नाले वारम्बार ठगीईरहेका र्छौ । तत्काल भोट बैंकको रुपमा धनको लालसामा परेर भोट बेच्दै आएका छौं । तत्काल न्याय अन्याय छुट्टाउन नसकी तिनै अपराधी नेताको पक्षमा भोट हालीरहेका छौं । ५ वर्षसम्म पछुताउँदै आगामी चुनाबमा फेरी अकर्मन्यतामा फसिन पुग्र्छौ र उही अमुक देशघाती नेतालाई नैँ भोट दिन पुग्छौं । 
तसर्थः हामीले आइन्दा माथिका हाम्रा सबै आचरणलाई त्यागी सम्वृद्ध गर्न पट्टि लाग्नु पर्छ । हामीहरुले विश्वका परिवर्तनकारी घटनाहरुको अध्ययन गर्नु पर्दछ । तीनलाई व्यवहारमा महसुस गर्न पट्टि लाग्नुपर्छ । आफ्ना कर्तव्य र अधिकारबाट कदापि भुल्नु हुँदैन । चाहे हिजोका दाश युगको अन्त गर्दा होस् वा सामन्तवाद युगको अन्त गर्दा होस् त्यत्तिखेर लाखौँ जनताको संघर्षलाई अवलोकन गर्नैपर्छ । आज पुँजीवादी मात्र नभएर दलाल पुँजीवादी सरकारको शासन छ । २००७, २०३६, २०४६÷४७, २०६२÷६३ को आन्दोलनमा भारतको अप्रत्यक्ष सम्लग्नताको कारणले आज यो स्थिती आएको हो । दलाल पूँजीवादको विरुद्ध पहिला राष्ट्रिय पूँजीवादको आन्दोलन सुरुवात गर्नु नैँ नेपाली जनताको पहिलो आवश्यक हो । यसको लागि ४७ साल पछिका राजनीतिक नेता, तीनका पाटनर, ठेकेदार, व्यापारीहरु सबैका विरुद्ध आन्दोलन गर्नु पर्छ । क्रान्तिकारी मोर्चामा आवद्ध भएर सम्पूर्ण स्वदेशी तथा विदेशी दलाल नोकरशाहीको विरुद्ध जाई लाग्नु पर्दछ । यो नेपाली आम जनताको माग हो र हाम्रो आफ्नो कर्तब्य पनि हो । अब नेपाली श्रमजीवि जनताहरुको धैर्यताको बाँध टुटीसक्यो । सबै जनताहरु मैदानमा उत्रनै पर्छ । 
क्रमश
पाण्डे बाम बुद्धिजीवि तथा देशभक्त गणतान्त्रीक मोर्चाका नेता हुनुहुन्छ ।    


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video