नेपालमा पाँचहजारलाई कोरोना सक्रमण हुन सक्ने सरकारी अनुमान, सङ्क्रमितलाई पुग्ने स्वास्थ्य सामग्रीको व्यवस्था  |  थप सात जना सङ्क्रमित थपिए, २५ जना घर फिर्ता  |  शिक्षण अस्पतालमा पनि पिसिआर प्रयोगशाला  |  विद्युत् महसुल सङ्कलन गर्ने नगर्ने भन्नेमै विवाद  |  रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध  |  दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै  |  प्रधानमन्त्री ओलीले लिनुभएको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक : मुख्यमन्त्री पौडेल  |  मदिरा र सुर्तीमा कर बढाउनुस् : समिति  |  महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला  |  घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात
सेना/ प्रहरी/ शशस्त्र समाचार
May 20, 2020
प्रहरीमाथि हातपात गर्ने वडाध्यक्षका छोरासहित दुई पक्राउ
काठमाण्डौं । जेष्ठ ७ । प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् । उनीहरुलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

लामा गाउँकै स्वास्थ्यचौकीमा अहेवका रूपमा कार्यरत छन् । लकडाउनको बेला गाउँका एक व्यक्तिले चलाएको मोटरसाइकल समाएको विषयमा उनले प्रहरीमाथि नै हातपात गरेका थिए । प्रहरी सहायक निरीक्षक दीप तामाङमाथि हातपात गरेपछि पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय मेलम्ची ल्याइएको र थप अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।
 
ढुङ्गा लागेर घाइते भएका प्रसनि तामाङको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video