प्रमुख समाचार
May 19, 2020
नीति तथा कार्यक्रममाथि छलफल : नयाँ नक्सा सार्वजनिक गर्नु स्वागतयोग्य
काठमाण्डौं । जेष्ठ ६ । राष्ट्रियसभाका सदस्यले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेर सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिबद्धता पूरा गरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता दीनानाथ शर्माले वर्तमान सरकार राष्ट्रियताप्रति प्रतिबद्ध छ भन्ने कुरा नयाँ नक्सा सार्वजनिक गर्नुले प्रमाणित गरेको तर्क गर्नुभयो । 

नेपाल र भारतबीच सिमानाबारे विवाद भइरहँदा सोमबारको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो । उहाँले सरकारको नीति तथा कार्यक्रमलाई प्रतिपक्ष दलका कतिपय नेताले परम्पराको निरन्तरता भयो भन्नु विरोधका लागि विरोध मात्रै भएको बताउनुभयो ।
 
“नीति तथा कार्यक्रमलाई निषेधको दृष्टिबाट हेरेर पुनःलेखन गर्नुपर्छ भनिएको छ, त्यो जिम्मेवार प्रतिपक्षको जिम्मेवारीपूर्ण भूमिका होइन, म नीति तथा कार्यक्रममाथिको संशोधन फिर्ता लिन आग्रह गर्छु”, उहाँले भन्नुभयो । नीति तथा कार्यक्रम वस्तुगत धरातलमा उभिएको, लोकतान्त्रिक मूल्यमान्यता मान्य, राष्ट्रिय हितमा केन्द्रित रहेको उहाँको भनाइ छ । उहाँले नीति तथा कार्यक्रममा मानव जातिको रक्षा, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको बताउनुभयो । नेता शर्माले ‘कोभिड–१९ नियन्त्रण तथा रोथामका लागि नेपाल सरकारले चालेको कदमप्रति अन्तर्राष्ट्रिय समुदायले प्रशंशा गरेका छन’् भन्नुभयो । 

नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्नु उचित छ, स्वागतयोग्य छ भन्नुभयो । उहाँले रुपमा भन्दा पनि सारमा अध्ययन गर्दा पनि नीति तथा कार्यक्रम अधुरो अपुरो भएको भन्दै त्यसलाई संशोधन गर्नुपर्ने तर्क गर्नुभयो । नीति तथा कार्यक्रमले स्वास्थ्य, शिक्षा र रोजगारी, कृषि र आर्थिक पक्षलाई प्राथमिकता दिन नसकेको टिपणाी गर्नुभयो । “कोभिड–१९ का कारण भारतसँग जोडिएको नामामा नेपाली अलपत्र भएको दुई महिना हुँदा पनि सरकारले मानवीयता देखाउन सकेको छैन”, उहाँले भन्नुभयो । 
  
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममाथि आइतबारदेखि दलीय आधारमा छलफल भइरहेको छ । छलफल सकिएपछि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video