समाज
May 19, 2020
लकडाउनमा विद्यालय तोडफोड गर्ने पुर्व शिक्षक सहित दुई पक्राउ
काठमाण्डौं। जेष्ठ ६ । विद्यालय तोडफोड गरेको आरोपमा बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका–३ मा रहेको काँक्राखोर आधारभूत विद्यालयका पूर्वशिक्षकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । विद्यालयमा तोडफोड गरी महत्वपूर्ण कागजात हिनामिना गरेको आरोपमा सोही ठाउँका पूर्वशिक्षक रेशम खत्री र तिलक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लकडाउनका कारण बन्द रहेको विद्यालयमा गाउँपालिकाबाट अनुगमनमा पुगेको टोलीले ढोका तोडफोड गरेको देखेपछि घटना बाहिर आएको थियो ।

 विद्यालयको जाहेरीका आधारमा अनुसन्धानमा खटिएको प्रहरीले महत्वपूर्ण कागजातसहित उनीहरुलाई नियन्त्रणमा लिएको ताराखोला प्रहरी चौकीका प्रमुख युवराज सलामीले जानकारी दिनुभयो । पूर्वशिक्षक कार्कीको घरमा खानतलासी गर्दा प्रहरीले विद्यालयका महत्वपूर्ण कागजात फेला पारेको थियो । स्थानीयले यही जेठ ३ गते उनीहरु गाउँ घुमिरहेको देखेको भनेपछि प्रहरीले उनको घर पुगेर खानतलासी गरेको उहाँले बताउनुभयो । कार्यालय भवनमा रहेका टेबलमाथि चाउचाउ पोखिएको, दराजको साँचो फोरिएको, कार्यालय सञ्चालन गर्न आवश्यक कागजपत्र सबै निकालेको पाइएपछि घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको थियो ।
 
प्रहरीले नियन्त्रणमा लिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय हरिचौर पठाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको सलामीले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीका लागि विद्यालय व्यवस्थापन समितिले प्रहरीलाई आग्रह गरेको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video