समाज
May 19, 2020
वडा सदस्यको निधन
काठमाण्डौं । जेष्ठ ६ ।भरतपुुर महानगरपालिका–४ का वडा सदस्य प्रेम शर्मा पाठकको निधन भएको छ । पाठक लामो समयदेखि आन्द्राको समस्याबाट ग्रसित हुनुहुन्थ्यो । 
सन्ताउन्न वर्षीय पाठकको आज दिउँसो उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । उहाँ विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका–४ मा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०२० पुस ७ गते भारतको मोतिहारीमा जन्मनुभएका पाठक नेपाली काँग्रेस भरतपुर महानगरपालिकाका पूर्व सचिव, नेपाल तरुणदल चितवनका पूर्व सचिव भई काम गरिसक्नुभएको छ ।  नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले युवा नेताको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताउनुभयो । उहाँको अन्त्यष्टि आजै देवघाटमा गरिने परिवारले जनाएको छ ।उहाँका दुई छोरा र एक श्रीमती रहनुभएको छ ।   


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video