समाज
May 17, 2020
नुवाकोटका ९५ पत्रकारको कोरोना बीमा
काठमाण्डौं । जेष्ठ ४ । कोभिड–१९ को सङ्क्रमणको जोखिममा काम गरिरहेका जिल्लाका ९५ जना पत्रकारको सामूहिक कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले विदुर नगरपालिका र रुडेक नेपालको आर्थिक सहयोगमा प्रतिपत्रकार रु एक लाखको कोरोना बीमा गराएको हो । 

पत्रकार महासङ्घ नुवाकोटमा सदस्य रहेका तथा जिल्ला क्रियाशील पत्रकारहरुको बीमा गराइएको महासङ्घका जिल्ला अध्यक्ष कपिलदेव खनालले बताउनुभयो । अध्यक्ष खनालका अनुसार कोरोना बीमाका लागि विदुर नगरपालिकाले ७० र रुडेक नेपाल नामक गैरसरकारी संस्थाले २५ जनाको बीमा शुल्क तिर्न आर्थिक सहयोग गरेको छ । कोरोना बीमाका लागि प्रतिव्यक्ति रु ६०० तिरिएको छ । बीमाअनुसार कुनै पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएमा बीमा कम्पनी सिद्धार्थ इन्सुरेन्सले रु एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने महासङ्घले जनाएको छ । 
 
बीमा कार्यक्रम घोषणा कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जोखिमको बेलामा पत्रकारहरु निरन्तर खटिरहनुपर्ने भएकाले सुरक्षाको प्रत्याभूति दिन सहकार्य गरेको बताउनुभयो । स्थानीय सरकार सबै पेशा, नागरिकको सुरक्षा गर्न र सहकार्य गर्न तत्पर रहिरहेको र त्यसको उदाहरणका रुपमा पत्रकार महासङ्घसँगको बीमा सहकार्य कार्यक्रम रहेको प्रमुख पण्डितले बताउनुभयो । रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले संस्थागत रुपमा यसरी भएको बीमा कार्यक्रमले आफूलाई उत्साहित गराएकाले आर्थिक सहयोग गरेको बताउनुभयो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video