समाज
May 16, 2020
कोरोना संक्रमण आशंकामा लालपुर बन्द
काठमाण्डौं । जेष्ठ ३ ।  बर्दिया जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको आशंकामा आजदेखि उक्त टोल पूर्णरुपले बन्द गरिएको छ । उक्त टोलसंँग जोडिएका सबै सडकबाट टोल आवागमनमा पूर्ण रुपले रोक लगाइएको छ । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको सूचनामा बर्दिया नार्खु– ११ की २८ वर्षीयामा कोभिड १९ पुष्टि भएको जनाइएको थियो । बर्दियामा उक्त ठाउँ नै नभएका अवस्थामा संक्रमित भनिएको ब्यक्तिको खोजी गर्दा गुलरिया ११ लालपुर भएको  जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताउनुभयो । 
 लालपुर स्थायी घर भई काठमाडौंँमा व्यवसाय गर्दै आएका व्यक्ति गत वैशाख २९ गते काठमाडौँ फर्किएको बुझिएकाले लालपुर पूर्णरुपले बन्द गरिएको हो । लालपुर सदरमुकाम गुलरियाबाट ६ किलोमिटर पूर्व हुलाकी राजमार्गसंँग जोडिएको छ ।  स्वास्थ्य मन्त्रालयले दिएको सूचनाका आधारमा कोरोना भाइरस संक्रमित  लालपुरका हुन सक्ने आशंकामा  बन्द गरिएका बारे अनुसन्धान अगाडि बढाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी  प्रेमलाल लामिछानेले बताउनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video