समाज
May 16, 2020
तिन दिनको मौसम खराब, यसो भन्छ मौसम पूर्वानुमान महाशाखा
काठमाण्डौं । जेष्ठ ३ ।पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रहीे केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल नेपालमा कायम रहेको पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मध्याह्नपछि देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशको पहाडी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । 

दिउँसो देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । भोलि देशको पूर्वी भूभागका केही स्थान र मध्य तथा पश्चिमी पहाडी भूभागमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । सोमबार देशको पूर्वी पहाडी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव २ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video