धर्म/संस्कृति
May 16, 2020
मिति २०७७ साल जेष्ठ ३ गते शनिबार, मे १६ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल जेष्ठ ३ गते शनिबार । तदनुसार मे १५ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । नयाँ कामतर्फ अग्रसर भइनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाईनेछ । कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुने छ । आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिर्घकालीन फाइदा दिलाउने कामको प्रारम्भ गर्ने अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन्। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ। आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्।व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्नेछ । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अप्ठेरोमा साथ दिनेखालका सहयोग गर्नेहरू भेटिनेछन्।स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । यात्रा गर्दा बाटोमा दुख हुन सक्छ । समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिएला र त्यसबाट लाभपनि मिल्नेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शत्रु परास्त हुनेछन् । चिताएको काम बनाउन सकिनेछ। 
हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। सेवा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा मनग्य फाइदा हुनेछ।  बोलीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।  भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि भने रोगबाट पनि छुटकारा मिल्नेछ। मुद्दा–मामिलामा विजयी भइनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ। बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनमा हर्ष र प्रसन्नताका हुन सक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। साझेदारीमा असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। नियमित कामलाई निरन्तरता दिनु होला नयाँ काम आज नगर्नुनै बेस हुने छ । 

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ काम प्रारम्भ हुनाले आम्दानी बढ्नेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। शत्रुहरू परास्त हुनेछन् । नाता–कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिनपनि सक्ने सम्भावना छ । परिवारमा रमाइलो वातावरण छाउनेछ । हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुने छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन्।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। लाभ,हानी,आय,व्यय,सुख,दुस्ख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। आयस्रोत कमजोर रहने समय छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ । पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। 

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video