समाज
May 15, 2020
गैरआवासीय नेपाली संघद्धारा विश्वभर सीमा अतिक्रमणको विरुद्धमा हस्ताक्षर सङ्कलन सुरु
काठमाण्डौं । बैशाख २ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर सङ्कलन अभियान शुरु गरेको छ । लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर सङ्कलन गर्न लागेको हुन् । हस्ताक्षर अभियान आजदेखि शुरु भएको छ । 
 
विश्वभरबाट सङ्कलन गरिएको हस्ताक्षर यही जेठ २३ गते काठमाडौँस्थित भारतीय दूतावासमा बझुाइने सङ्घले जनाएको छ । यही जेठ १८ गतेसम्म अनलाइनबाट हस्ताक्षर गर्न सकिनेछ । सङ्कलन गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने सङ्घको सूचना–सञ्चार तथा प्रशाशन समितिले जनाएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video