प्रमुख समाचार
May 15, 2020
स्वास्थ्य सामग्री खासामा
मेलम्ची,  जेठ २ सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज सो स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । शनिबारसम्म काठमाडौँ पठाइने तयारी भएको उहाँले बताउनुभयो । सेनाले सो प्रक्रियामार्फत ६७ थरिका स्वास्थ्य सामग्री खरिद गरेको थियो । केही सामान विमानमार्फत ल्याइने जनाइएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video