धर्म/संस्कृति
May 15, 2020
मिति २०७७ साल जेष्ठ २ गते शुक्रबार, मे १५ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल जेष्ठ २ गते शुक्रबार । तदनुसार मे १५ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
फाइदाका लागि साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारीको काममा उल्झन आउनेछ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आर्थिक कारोवार भने कमजोर रहला ।  

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। 

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर छिमेकमा असमझदारी बढ्नेछ। 

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाईदा मूलक योजना बननेछन् । दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ । आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। 

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।  

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिबन्धले चुनौती निम्त्याउन सक्छ। आज सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । साँझमा खर्चसमेत बढ्ने योग छ । अरूका विषयमा चासो लिँदा पनि झमेला बेहोर्नुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।
 
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वातावरण बन्ला । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। 

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मनपनि प्रसन्न रहनेछ । साथीभाइलेपनि राम्रै सहयोग जुटाउनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video