नेपालमा पाँचहजारलाई कोरोना सक्रमण हुन सक्ने सरकारी अनुमान, सङ्क्रमितलाई पुग्ने स्वास्थ्य सामग्रीको व्यवस्था  |  थप सात जना सङ्क्रमित थपिए, २५ जना घर फिर्ता  |  शिक्षण अस्पतालमा पनि पिसिआर प्रयोगशाला  |  विद्युत् महसुल सङ्कलन गर्ने नगर्ने भन्नेमै विवाद  |  रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध  |  दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै  |  प्रधानमन्त्री ओलीले लिनुभएको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक : मुख्यमन्त्री पौडेल  |  मदिरा र सुर्तीमा कर बढाउनुस् : समिति  |  महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला  |  घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात
अर्थतन्त्र/सेयरबजार
May 11, 2020
लकडाउनकै बिच मङ्गलबारदेखि शेयर बजार खुल्दै
लकडाउनका कारण बन्द भएको धितोपत्र बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । 
नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले मङ्गलबारदेखि शेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो । बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।
धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिनेछ । धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो । नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरलगायतको कार्यालय आइतबारदेखि सञ्चालनमा आइसकेका छन् ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video