समाज
May 11, 2020
शान्ति समाजद्वारा लिपुलेकमा भारतीय अतिक्रमणको निन्दा
काठमाडौँ, वैशाख  २९ ।  लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग अतिक्रमण गरी भारतले बाटो निर्माण गरेको घटनाको मानव अधिकार तथा शान्ति समाजले निन्दा गरेको छ । नेपाली भूमिमा बाटो निर्माण तत्काल रोक्न र कालापानीबाट यथाशीघ्र भारतीय सेना फिर्ता गर्न शान्ति समाजले पुनः भारत सरकारलाई आग्रह गरेको छ । यसैगरी नेपाली भूभागमाथिको भारतीय अतिक्रमणलाई रोक्ने पहल गरी नेपाली भूमि कालापानीमा तैनाथ भारतीय सेनालाई फिर्ता पठाउन शान्तिपुर्ण तवरमा कूटनीतिक÷राजनीतिक पहल तीव्र बनाउन पनि समाजले सरकारसँग माग गरेको छ । भारतले केही महिनाअघि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनाका साथै नेपाली स्वाभिमानमा आहत पुगेको समाजका महासचिव सुशील बस्नेतले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video