प्रवासी खबर
May 10, 2020
कोरोनाबाट बेलायतमा एक नेपालीको मृत्यु
काठमाण्डौं । बैशाख २८ । कोरोनाको सङ्क्रमणबाट बेलायतमा एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो । 
ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आउनुभएको थियो । हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video