समाज
May 10, 2020
बिरोध भएपछि वडा अध्यक्षले आमालाई क्वारेन्टाइनमै र्फिता पठाए
काठमाण्डौं । बैशाख २८ । वडा अध्यक्षले आफनै आमालाई क्वारेन्टाइनबाट जबरजस्ती घर लगेको समाचार सार्वजनीक भएपछि फेरी आमालाई क्वारेन्टाइनमै र्फिता लगिदिएका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा   वडा नं १ का अध्यक्ष शिवकुमार यादवले शुक्रबार क्वारेन्टाइनबाट आमालाई जबर्जस्ती घर पु¥याएपछि चौतर्फी विरोध भएको थियो । 
तीन दिनअघि भारतबाट आएर मर्चवारको भैसागाहनमा रहेको क्वारेन्टाइनमा रहनुभएकी ४८ वर्षीया सावित्री यादवलाई कर्मचारीले नमान्दा नमान्दै अध्यक्ष यादवले घरमा लैजानुभएको थियो । भारतबाट लुकिछिपी घरमै आएर बस्नुभएका सावित्रीलाई गाउँलेले विरोध गरेपछि भैसागाहन क्वारेन्टाइनमा राखिएको थियो ।  शुक्रबार दिउँसो दलबलसहित वडाध्यक्ष यादवले क्वारेन्टाइनबाट निकालेर लैजानुभएको थियो ।  
स्वास्थ्य जाँचसमेत नगराई घरमा लगेपछि स्थानीयवासी आक्रोशित भएका थिए । “मिडिया, प्रहरी, प्रशासन र स्थानीयवासीको दबाबपछि वडाध्यक्षले आफ्नी  आमालाई पुनः क्वारेन्टाइन पु¥याउनुभएको छ ”, गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले बताउनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video