समाज
May 09, 2020
धार्मिकस्थलमा प्रशासनको निगरानी
काठमाण्डौं । बैशाख २७ ।नेपालगञ्जमा २४ जनामा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले बाँकेका धार्मिक स्थलमा निगरानी बढाएको छ ।  कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज कोहलपुर क्षेत्रभित्र रहेका विभिन्न धार्मिकस्थलको अनुगमन गरी निगरानी बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो  । 
उहाँका अनुसार कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउँदै धार्मिकस्थलमा निगरानी थालिएको हो । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको नेतृत्वमा मन्दिर, मस्जिद र चर्चको अनुगमन गरिएको छ । कोहलपुर – १२ चपरगौडीमा रहेको रामजानकी राधाकृष्ण गुरुकुल र वडा नं ६ मा रहेको आनन्द एजी मण्डली चर्चका अवस्थाका बारेमा अनुगमन गरिएको हो  । अनुगमनका क्रममा रामजानकी राधाकृष्ण गुरुकुलमा १५  विद्यार्थी र चार शिक्षक गरी १९ जनालाई कोरोना सङ्क्रमण र यसबाट बच्चे उपायबारेमा परामर्श गरिएको थियो । आनन्द एजी मण्डली चर्च सञ्चालनमा नआएको भेटिएको छ ।
५६ स्वाबको रिपोर्ट नेगेटिभ
भेरी अस्पताल नेपालगञ्जको आरटिपिसिआर यन्त्रमा परीक्षण गरिएको ५६ स्वाब  रिपोर्ट नेगेटिभ आएको छ । खजुरा र नेपालगञ्जमा सङ्कलित ४८ र शिक्षण अस्पताल नेपालगञ्जले सङ्कलन गरी दिएको आथ नमूनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार  यही वैशाख २५ गते नेपालगञ्जमा ३० र खजुरामा १८ जनाको स्वाब सङ्कलन गरिएको थियो । खजुराका रनियापुर, सोनपुर र उढरापुरमा पाँचपाँच तथा डिगाउँ, भण्डारिया र क्यान्सर अस्पतालका एकएक जनाको स्वाब सङ्कलन गरिएको थियो । नेपालगञ्जको गुरुद्वारा अगाडि ३० जनाको स्वाब लिइएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
जनप्रतिनिधिको कोरोना परीक्षण
कोरोना सङ्क्रमण बढ्दै जाँदा आज नेपालगञ्जका जनप्रतिनिधिको कोरोना परीक्षण गरिएको छ ।  नगर प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगरसहित वडाध्यक्षको कोरोना परीक्षण गरिएको हो । 
नेपालगञ्जका ६० वर्षीय व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको एक साताभित्रै सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । हालसम्म १३ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण देखिएको र उक्त सङ्ख्या अझैं बढ्न सक्ने भन्दै सबैलाई सचेत रहन नगर प्रमुख राणाले आग्रह गर्नुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video