राजनीति
May 09, 2020
राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा
काठमाण्डौं । बैशाख २७ ।राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन हुनुभएको छ । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उहाँलाई मनोनयन गर्नुभएको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
सभापति देउवाले पार्टीको संसदीय दलको विधान ९संशोधन तथा परिमार्जनसहित, २०७४० को दफा १३ को उपदफा ९२० बमोजिम उहाँलाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गर्नुभएको हो । यसअघि राष्ट्रियसभामा काँग्रेस संसदीय दलको सचेतक रहनुभएका सांसद सरिता प्रसाईको गत फागुुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video