स्थानीय सरकार
May 08, 2020
कल्याणपुर नगरपालिका ५ का २ सय ९९ विपन्नलाई राहत वितरण
राजेन्द्र महतो लहान  बैशाख २६गते। सिरहाको कल्याणपुर नगरपालिकाले वार्ड न (५ मा  राहत  बाड्दै पहिलो चरणको राहत प्याकेज सम्पन्न  गरेको छ। 
विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले गरेको लामो समयको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेका सिरहाको कल्याणपुर नगर पालिका  अन्तर गत रहेका १२ वटा  वडा मा  करीब  ३ हजार   गरीब  तथा विपन्न घर परिवारलाई  राहत सामग्री वितरण गरेको कल्याणपुर नगर पालिका का मेयर  सुर्यनाथ मण्डल ले बताएका छ्न।
आज ९शुक्रबार० वार्ड न (५ मा २ सय ९९जना  गरीव तथा विपन्न वर्ग का लाई  राहत वितरण गर्दै  वहाँ ले  विभिन्न  वडाहरुमा स्थानीय  निर्वाचित वडा सदस्यहरु,विभिन्न राजतिक दलका प्रतिनिधिहरु, स्वास्थ्य  संस्था का प्रमुख , बिधालय  ब्यबास्थापन समिति अध्यक्ष र स्थानीय  सुरक्षा  निकायका  प्रमुख हरुको रोहबरमा  गरीव तथा विपन्न वर्ग का लाई  राहत वितरण गरिएको  मेयर मण्डलले बताएका छ्न।
वडाध्यक्ष  दिपेन्द्र बरबरिया यादव को अगुवाइ मा  वार्ड न (५ मा २ सय ९९जना  गरीव तथा विपन्न वर्ग का परिवारलाई  राहत सामग्री स्वरुप चामल १५ केजी।,  चिनी एक केजी, नुन (१ केजी , दाल १ ।५केजी, खानेतेल एक लिटर  र साबुन (२ पिस ९नुहाउने ० राहत सामग्री वितरण  गरेको छ।
वडा न(५ का वडाध्यक्ष  बरबरिया यादवले लकडाउनका कारण यहाँका दलित तथा अति विपप्न घरपरिवारलाई दैनिक जिवन यापन गर्न कष्टकर बन्दै गए पछि   २ सय ९९ विपन्न वर्गका परिवार हरुलाइ राहत सामग्री वितरण गरेको   बताएका छ्न।
राहत पाएपछि  कल्याण पुर नगर पालिका– ५ का राम टोल ,सदाय टोल  र निर्दनाका माझी टोल लगायत वडा का दलित , गरिब तथा विप्पन परिवार खुशि भएका छन् ।
आज  वार्ड  न (५ मा गरेको  राहत वितरण  कार्यक्रममा नगरपालिकाका मेयर मण्डल ले पत्रकार  संग कुरा कानी गर्दै पहिलो चरणको राहत सकिएपछि समिक्षा गरेर अर्को चरणमा अझै व्यवस्थित तरिकाले राहत वितरण गर्ने  बताइएको छ।
 वहाँ ले कोरोनाबाट बच्न कल्याणपुर  नगरबासीलाई 
भिड भाडमा नजान, महत्वपूर्ण काम नभए बाहिर ननिस्कन भन्दै सरकारले लगाएको लकडाउनको पुर्ण रुपले पालना गर्न समेत आग्रह  गरेका छ्न। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video