समाज
May 07, 2020
शिकारीको पासोमा परी थारु घाइते
काठमाण्डौं । बैशाख २५ । बाँकेको कोहलपुरस्थित सामुदायिक वनमा शिकारीले थापेको पासोमा परी एक जना गम्भीर घाइते भएका छन् ।  कोहलपुर नगरपालिका –७, लखनाका ठाकुर थारु गए राति चोर शिकारीले थापेको पासोमा परी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । 
उहाँका अनुसार गोठ बनाउनका लागि स्थानीय मितेरी सामुदायिक वनमा काठ काट्न चार जनासहित पुगेका थारु चोर शिकारीले थापेको एकनाले बन्दूकको पासोमा पर्नुभएको हो । पासो थापेको बन्दुक पड्किँदा थारुको पुठ छेडिएको छ । घाइते थारुको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामुदायिक वनमा रहेका मृग मार्न  शिकारीले बन्दूकको पासो थापेको हुन सक्ने प्रहरीको अनुमान छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video