समाज
May 06, 2020
१० पत्रकार तथा कर्मचारीलाई संसदले गरिदिए बिमा, कोरोनाको सङ्क्रमण देखिए पत्रकारलाई एक लाख
काठमाण्डौं । झापाको बिर्तामोडबाट सञ्चालित साझामञ्च डटकममा कार्यरत पत्रकार तथा कर्मचारीको रु एक लाखको कोरोना बीमा गरिएको छ । मिडिया प्रालिका अध्यक्ष एवं प्रदेश सांसद एकराज कार्कीले वैशाख २३ गतेबाट एक वर्षसम्म लागू हुनेगरी कार्यरत कुनै पत्रकार वा कर्मचारीलाई कोरोनाको पिसीआर परीक्षणमा पोजेटिभ देखिए बीमावापत प्रतिव्यक्ति रु एक लाख भुक्तानी दिइने बताउनुभयो ।
सम्पादक गोपाल काफ्लेले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाबाट १० पत्रकार तथा कर्मचारीको बीमा गरिएको जानकारी दिनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video