धर्म/संस्कृति
May 06, 2020
मिति २०७७ साल बैशाख २४ गते बुधबार, मे ६ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल बैशाख २४ बुधबार। तदनुसार मे ६ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामाजिक कार्यमा मन जानेछ । सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ।  वैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक कृत्यको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । आफन्तजनबाट सहयोग मिल्नेछ। आगन्तुकले घरखर्च भने बढाउनेछन्। तापनि भौतिक साधन जोड्ने समय छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। शत्रु र रोगबाट मुक्त भइने छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षा गरिएको नतिजा आफनो पक्षमा रहनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमापनि फाईदा होला । सेवामूलक काम सम्पादन गर्न सकिनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन्।आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शत्रु र प्रतिस्पर्धी कम्जोर हुंदै जाने छन् । रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। आज दैनिक कार्यमापनि प्रगती हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । संचार र प्रविधि मार्फत आफन्तसंग भेटघाट रहनेछ ।छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। वित्तिय संस्थाबाट सहयोग पाईन सक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा पनि निखारता आउनेछ। चिताएको काम सम्पादन हुनेछ। 

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।  आफन्तको प्रगतिमा मन रमाउनसक्छ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ ।कामना पूर्ण हुनेछ भने लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजक रहनु होला । प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। आज शुभकार्यको चर्चा चल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ।सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
सहयोगीहरूले हिम्मत दिलाउनेछन्।आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजनापनि बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ। फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। 

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। आज बन्न लागेको काम विग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भयपनि उत्तिकै रहनेछ । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video