राजनीति
May 04, 2020
काँग्रेस सभापति देउवाद्धारा प्रवासी नेपालीको अवस्था बुझन भिडियो सम्बाद, अलपत्र परेकालाई नेपाल ल्याउन पहल गर्ने
रबिन थपलिया । काठमाण्डौं । बैशाख २२ । नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको कारण विश्वभर रहेका नेपालीहरुको अवस्था र उनिहरुमा परेको प्रभावका बारेमा जानकारी लिन भिडियो सम्बाद गरेका छन् ।
हिजो साँझ गरिएको भिडियो सम्बादमा देउवाले नेपाली जनसम्पर्क समितिका सभापतिहरु, काँग्रेसका सुभेछुकसंस्थाहरु, गैर आवासीय नेपाली संघका प्रतिनिधिहरु तथा प्रवाशमा रहेका बिभिन्न संस्थाका प्रतिनिधिहरुसंग कुराकानी गरेका थिए । 
भिडियो सम्बादमा देउवाले विश्वभर रहेका नेपालीहरुको अवस्थाको बारेमा जानकारी लिंदै सबैलाई सुरक्षीत भएर रहन आग्रह गरे । 
कोरोनाको कारण विश्वभर नेपालीहरु अलपत्र परेको बारेमा आफुले सरकारलाई ध्यानार्कषण गराँउदा समेत सरकारले कुनै चासो नदिएकोे बताँउदै देउवाले कोरोनाको समयमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । 
आफना नागरीकलाई पैसा खर्च हुन्छ भनेर सरकारले वास्ता नगरेको बतँउदै देउवाले भने “पैसा खर्च भए हुन्छ, नेपाल आउन चाहनेहरुलाई नेपालमा ल्याएरै भएपनि स्वास्थ्य उपचार गराउनु पर्दछ ।” 
कोरोनाको कारण अलपत्र परेका नेपालीलाई आफनो देश ल्याउनुपर्ने सरकारको कर्तव्य रहेको बताँउदै देउवाले नेपालीहरुलाई स्वदेश ल्याउनको लागि आफुले पनि पहल गर्ने बताए । 
देउवाले कोरोनाको कारण प्रवाशमा ज्यान गुमाएका नेपालीहरु प्रति समवेदना प्रकट गरे । 
देउवाले कोरोनाको संक्रमणका बिच प्रवाशमा रहेर नेपालीहरुलाई सहयोग गरेकोमा जनसम्पर्क सममिति, सुभेछुक संस्था र अन्य संघसंस्थाहरुलाई धन्यवात दिए ।   
कोरोना बिरुद्धको लडाँईमा काँग्रेसले सरकारलाई साथ दिएको बताँउदै देउवाले महामारीबाट नेपालीलाई जोगाउन सरकारलाई काँग्रेसले सवैभन्दा पहिला आर्थिक सहयोग गरेको स्मरण गाए । 
भिडियो सम्बादमा नेपाली काँग्रेसका तर्फबाट उपसभापति बिमलेन्द्र निधि, नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, नेपाली काँग्रेसको जनसम्पर्क बिभाग प्रमुख गोबिन्द भट्टराई समेत जोडिएका थिए ।
सम्बादमा गैरआवासीय नेपाली संघका पुर्व उपाध्यक्ष कुल आचार्य र पुर्व कोषाध्यक्ष हिक्मत थापा, एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष तथा सामाजीक अभियन्ता दिल गुरुङ, नेपाली जनसम्र्क समिति अमेरीकाका सभापति आनन्द बिष्ट, बेल्जीयमका गंगाधर पराजुली, जर्मनीका शिखर खडका, भारतका बालकृष्ण पाण्डे, लण्डन निवासी पत्रकार तथा एनआरएन अभियानका अभियन्ता चिरन शर्मा, कृष्ण गिरी अस्ट्रेलीया लगायत नेपाली जनसम्पर्क समितिका वर्तमान तथा पुर्व पदाधीकारीहरु, गैरआवासीय नेपाली अभियानकर्मीहरु र काँग्रेसका सुभेछुक संस्था लगायतका झण्डै एक सय जनाको सहभागीता रहेको थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video