समाज
May 03, 2020
सिरहाको मिर्चैया नगरपालिका स्थानीय ललिता सिंह दु्ारा अति विपन्न परिवारलाई खाद्यन्न सामग्री बितरण
राजेन्द्र महतो लहान बैशाख २१ । सिरहाको मिर्चैया   नगरपालिका वडा नं.-१० का गरीब तथा विपन्न  वर्ग का परिवारहरुलाइ राहत बितरण गरिएको छ । 
स्थानीय  ललिता सिंह ले  आफ्नो व्यक्तिगत  तर्फ बाट  एक सय पचास भन्दा बढी अति बिपन्न परिवार लाई खाद्यन्न समाग्री सहयोग गरिएको छ । दैनिक मजदुर गरी परिवार पाल्ने गरिब विपन्न तथा दलित परिवारलाई प्रति परिबार ७ किलो चामल, १ केजी नुन, आधा लिटर  खाने तेल, २ केजी आलु लगायत तरकारीको साथै रू १५० बराबर को मसला बाँडेकी छिन । सिंहले अझै राहत को आवश्यक्ता परेका लाई घरमा आएर राहत लिन आउन अपिल समेत गरेकि सिंहकी बुहारी सिल्पी सिंह ले बताएकी छिन ।
मिर्चैया  न- पा-वाडा नं १० मा नगरपालिका को तर्फ बाट आफ्नो आसे पासेलाई राहत बितरण गरेको  र पिपरा गाऊँ भरिमा दलित को संख्या धेरै भएपनि  ५ जनालाई  मात्र राहत दिएको ले लकडाउनका कारण दैनिक ज्यालादारी गरी खाने अति बिपन्न परिवारलाई सो समाग्री बितरण गरिएको  ललिता सिंह ले बताएकि छिन।उनी भन्छिन,"हामी कुनै पनि लोभ लालचले राहत बितरण गरेका छैनौं त्यही भएर जो मान्छे राहत लिन आयो ती सबै व्यक्ति लाई राहत दियौं।अझै राहत लिन आए हामी दिन तैयार छौं "।
 यता, मिर्चैया  न- पा- का मेयर श्रवन यादव र वडा अध्यक्ष राम चन्द्व मण्डल ले राहत बाडेको प्रति असन्तुष्ट र आक्रोष व्यक्त गर्दै सिंह परिवार संग राहत बितरण गरिएका पिडित हरूको लिष्ट उपल्बध गराउन माग गरेका छन ।उक्त राहत वाडा भरि का पिडित हरू निज ललिता सिंह को घर पिपरा गाऊँ मै लिन पुगेको खबर छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video