धर्म/संस्कृति
May 03, 2020
मिति २०७७ साल बैशाख २१ गते आइतबार, मे ३ तारीख हेरौं राशिफल
आज मिति २०७६ साल बैशाख २१ आइतबार । तदनुसार मे ३ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। मिहिनेतले आँटेको काम बन्नेछ। दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन, तर मानशीक चिन्ता भने बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । धुम्रपान र मद्यपानबाट टाडै रहनु होला । गरेको कार्यमा बाधा आउनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको योजना बन्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । रोकिएका अधुरा कामहररू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आँटेको कार्य अगाडी बढ्ला । श्रमको उचित मूल्यांकन हुनेछ।  अवसरका लागि केही दौडधुप गर्नुपर्ला। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा भने सफलता नमिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । बोलीमा लगाम लगाउनु पर्ला बोलीले बिबाद बढन सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । छटपटी बढ्नाले मनपनि कमजोर रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ । मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। 
आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामनापनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ।सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। आज स्वादिष्ट भोजन पाईनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक हितको काम अघी बढ्ला । कुटुम्बको सहयोगपनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कामको चाप पनि बढ्न सक्छ। खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। राजनीतिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको योजनले गति पाउनेछ । शुभ कार्यको चर्चा चलनेछ । परिकारहरू खान पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भय र सामान्य स्वास्थ्यमा समस्या आउला अतस् स्वास्थ्य प्रति सजक रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको थालनी हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। आज वाणीमा कुशलता आउने दिन परेको छ ।  अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। विशिष्टव्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ । दैनिकी विस्तारै सहज होला । 
  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video