केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
राजनीति
May 02, 2020
बामदेबलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने नेकपा सचिवालय बैठकको निर्णय, यस्ता छन अन्य निर्णयहरु
रबिन थपलिया । काठमाण्डौं । बैशाख २० । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । 
बैठक पछि पत्रकारसगको कुराकानीको क्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने मार्गको निम्तीनै उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरिएको बताए ।
बैठकमा सत्ता तथा पार्टी सञ्चालनको क्रममा भएको कमीकम्जोरीहरु प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेका थिए । त्यस्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र अन्य सहभागी नेताहरुले पनि आफनो तर्फबाट भएका कमीकम्जोरी प्रति आत्मआलोना गरिएको श्रेष्ठले बताए । 
नेकपाको स्थायी कमीटी बैठक २५ गते बस्ने र त्यसको तयारी र एजेण्डाको लागि २४ गते सचिवालय बैठक बस्ने निर्णय भएको छ । 
बैठकले पार्टी एकतालाई कम्जोर हुनेगरी अभिव्यक्तिहरु नदिन पार्टीको सबै पंत्तीलाई निर्देशन दिने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video