राजनीति
May 01, 2020
लकडाउनमा सिराहाका प्रदेश सभासदले आफनै खर्चले गरिब, बिपन्नलाई निशुल्क खाना खुवाउने
राजेन्द्र महतो लहान  बैशाख १९ गते।आफ्नो ब्यक्तिगत आर्थिक खर्च  गरेर प्रदेश ( २ का प्रदेश सभासद तथा   सिरहाको  सुखीपुर न पा ८ का मदन सेन प्रसाद श्रीवास्तवले  गरीव विपन्न नागरिक तथा  बाट वटोहीहरुलाई  आज  देखि  एक हप्ता  सम्म को लागि  राम जानकी मन्दिर सुखीपुरको प्राङ्गणमा बिहान र साझ निःशुल्क खाना खुवाउने भएका छन् ।
विश्वमा नै महामारीको  रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि प्रत्यक्ष   मारमा परेका गरीब, विपन्न  तथा  ज्यालादारी नागरिकहरुको  अवस्थालाई मध्यनजर गर्दै विहान ९ बजे देखि १ बजे सम्म , साझ ६ बजे देखि ७ः३० ९साढे सात० बजे सम्म श्री राम जानकी मन्दिर सुखीपुरको परिसरमा खाना खुवाउने प्रदेश सांसद श्रीवास्तवले बताएका छ्न।
 श्रीवास्तवले सिरहा जिल्लाको निर्वाचन क्षेत्र– २ ९ख० बाट प्रदेश सभामा अत्यधिक मत प्राप्त गरेर निर्वाचित हुन भएको छ। 
हुन त यस प्रकारको कार्य सामुहिक सहयोगमा धेरै ठाउँमा हुने गरेको छ तर ब्यक्तिगत आफनै सहयोगमा गर्ने वहाँ पहिलो सभासद हुनु हुन्छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video