स्थानीय सरकार
Apr 29, 2020
सीमा सुरक्षा गर्न म्यादी प्रहरी परिचालन गर्ने गाँउपालीकाको निर्णय
काठमाण्डौं । बैशाख १७ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५०  म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकमध्येबाट छनोट गरी लकडाउन अवधिभर सीमा क्षेत्रको रेखदेख गर्ने जिम्मा दिइने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । नागरिक भारतबाट लुकिछिपी नेपाल भित्रिन संक्ने सम्भावना देखेर गाउँपालिकाले सीमा क्षेत्रमा यस्तो व्यवस्था गर्न लागेको अध्यक्ष थापाले बताउनुभयो । 
गाउँपालिकाले गरेको निर्णयले लकडाउनको प्रभावकारी कार्यान्वयन र शान्ति सुरक्षामा मद्दत पुग्ने इलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी निरीक्षक मधु नेपालले बताउनुभयो ।  म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको मातहत राखिने गाउँपालिकाको योजना  छ । सरकारले लगाएको लकडाउन अवधिमा उनीहरुले काम गर्नेछन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video