केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
राजनीति
Apr 26, 2020
नवगठित ‘जनता समाजबादी पार्टी’ले मधेशी जनताको मागलाई अपहेलना गरेको मधेसी जनता पार्टीको आरोप
काठमाण्डौ,बैशाख १ । देशमा भैरहेको राजनैतिक घटनाक्रम र मधेशको मुद्धाप्रती सरकार उदासिन रहेको भन्दै मधेसी जनता पार्टीले असन्तुष्ट जनाएको छ । आज एक बिज्ञप्ती जारी गर्दै भर्खरै एकता गरेका राजपा र समाजवादी दलले सत्ताप्रति लिप्त भई मधेशको लागी बलिदान दिने शहिदको सपनालाई अवमुल्यन गरेको आरोप लगाएको छ । संयोजक सुनिल प्रसाद गुप्ताद्धारा जारी बिज्ञप्तीमा ‘मधेसको राजनैतिक मुद्दालाई थाती राखेर यी दूई दलमा सतावादी सोच हावी भएको,आफ्न्त नातागोता लाई पक्षपोषण गरेको, जातियता का आधारमा राजनिती गरेको, युवालाइ रोजगारी जनताको आधारभूत आवस्यकता समेत पूरा गर्न नसकेको’ भनिएको छ ।
मधेशबाट जनताको भोट लिएका राजपा र समाजवादी दलले पार्टी एकिकरण गर्दा बहुरुपी भेष देखाएको तथा मधेशीको सम्मान र कतै पनि मधेशी शब्द नराखिएको प्रति मधेसी जनता पार्टीले असन्तुष्ट जनाएको छ ।
देश कोरोना भाईरसको संक्रमणसंग सामना गरिरहेको बेला राजनितीमा उथलपुथल हुनु दुर्भाग्य भएको जनाउँदै सरकारसंग थप कोरोना टेस्टमा थप जनशक्ति परिचालन गर्न समेत सरकारसंग मधेशी जनता पार्टीले माग गरेको छ । मधेश र मधेशी जनताको हितमा रहेको मधेसी जनता पार्टीले आगामी दिनमा पनि सदैव मधेशको मुद्धा बोकेर अगाडी बढिरहेकोले बिश्वस्त रहन मधेशी जनताहरुमा आग्रह गरेको छ । मधेस र मधेसी प्रती सर्मपित भई राजनिती गर्ने शक्तिहरूलाई एकताको लागि समेत मधेशी जनता पार्टीले आव्हान गरेको छ । 
साझा डबली 
अनलाइन


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video