धर्म/संस्कृति
Apr 25, 2020
मिति २०७७ साल बैशाख १३ गते शनिबार, अप्रील २५, हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल बैशाख १३ शनिबार । तदनुसार अप्रील २५ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
नयाँ कार्यको योजना बन्ला र शुभकार्यको चर्चा चल्नेछ ।सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। आज नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
मनमा उत्साहका साथै बोली विक्ने समयछ ।पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आज कार्यमा बाधा आउनेछ । सरकारी निकाएको भय रहला ।  मालसामान हराउन सक्छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
आत्मबल बढ्नेछ ।अड्किएको रकम उठ्नेछ र धन संग्रह पनि हुनेछ। थन्किएका वस्तुको उपयोग हुनेछ
नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ ।  व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ।प्रेममा मधुरता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजन पाईनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउ सकिनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। सामाजिक संस्थाबाट सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। नयाँ कामको योजना बन्नेछ । घरायसी कार्य अघी बढ्नेछ । कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम पनि रोकिन सक्छ। पारिवारिक जमघटमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला ।यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
कीर्तिमानी काम गर्ने समय छ । सोखले खर्च भने बढाउन सक्छ। उपहारले काममा उत्साह पनि जगाउनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ । भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।शुभचिन्तकसँगको सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुहोला। ।  


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् तर साँझमा धन खर्च हुनेछ । प्रेममा सफलता पाईनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरायसी कार्य अघी बढ्नेछ । 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। आज यात्राका योजना विफल हुनेछ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा सफलता मिलनसक्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
शुभकार्यको योजना बन्नेछ ।भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video