राजनीति
Apr 17, 2020
प्रदेशसभा सदस्य मैनालीको पहलमा ककनी गाँउपालीकालाई स्वास्थ्य सामग्री खरीदमा १५ लाख प्राप्त
काठमाण्डौं । बैशाख ५ । बाग्मती प्रदेशसभा सदस्य तथा नेकपा नुवाकोटका युवा नेता बद्री मैनालीको पहलमा ककनी गाँउपालीकाका तिनवटा वडालाई औषधी तथा अन्य स्वास्थ्य सामग्री खरीदको लागि १५ लाख सहयोग प्राप्त भएको छ ।  
कोभिड १९ कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न तथा काठमाडौ उपत्यकाबाट लगिने फोहोरका कारण ककनी गाँउपालीकाका १,२र ३ नम्बर वडाहरूका बासीन्दाहरुको स्वास्थ्य प्रतिकुल भएपछि प्रदेश सभा सदस्य मैनालीको पहलमा काठमाण्डौं महानगरपालीकाले १५ लाख रुपयाँ गाँउपालीकालाई उपलव्ध गराएको हो । 
Image may contain: 2 people, people sitting and indoor
प्रदेशसभा सदस्य मैनालीको पहलमा अतिआबश्यक औषधी तथा अन्य स्वास्थ्य सामाग्री खरिदको लागि ३० लाख माग गरिएको मध्ये आज काठमाडौं महानगरपालिकाले १५ लाख रकम ककनी गापाको खातामा डिपोजीट गरिदिएको मैनानीका सहयोगी दिपक कार्कीले जानकारी दिए ।   
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video