केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
राजनीति
Apr 17, 2020
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग
काठमाण्डौं । बैशाख ४ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग गरिएको छ । पोखरेलीहरूले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग गरेका हुन । राहत वितरणको अनुगमनका क्रममा पोखरा महानगरपालिकाको वडा नं १ र २ मा पुग्नुभएका गण्डकी प्रदेशसभा सदस्य रामजी बराल ‘जीवन’ सँगको छलफलमा स्थानीयवासीले सङ्क्रमण रोकथाम अहिलेको मुख्य अवश्यकता भएको बताएका हुन् ।
वडाध्यक्षसहितका प्रतिनिधिसँगको छलफलमा सहभागीले लकडाउनका कारण मानसिकरूपमा धेरै त्रास भएको बताउँदै कृषि उत्पादनका साथै अन्य उत्पादन गर्ने उद्योगलाई कोरोना सङ्क्रमणप्रति सचेत बन्दै सामाजिक दूरी कायम गरी सञ्चालनको वातावरण मिलाउन माग गरेका थिए ।
प्रदेशसभा सदस्य बरालले देशको विद्यमान समय र परिस्थिति एवं जनचाहनाअनुसार अघि बढ्ने विश्वास व्यक्त गर्दै प्राप्त सकारात्मक सुझावलाई प्रदेशसभा तथा सरकारमा पु¥याउने बताउनुभयो ।मानव जातिको अस्तित्व नै सङ्कटमा पार्ने गरी फैलिएको भाइरसको सङ्क्रमणबाट आफू बच्नु र अरुलाई बचाउनु वर्तमानको आवश्यकता भएको उहाँले औँल्याउनुभयो । छलफलमा पोखरा १ र २ का वडाध्यक्ष शारदा पराजुली र रामेश्वर मल्लले पहिलो चरणमा भएको राहत वितरणबारे जानकारी गराउनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video