राजनीति
Apr 08, 2020
प्रधानमन्त्रीको कर्मकाण्डी सम्बोधनले थप निराशा र अन्योल बढायो : केसी
काठमाण्डौं । चैत्र २६ । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा हिजो गरेको सम्बोधन कर्मकाण्डी मात्र भएको भन्दै सो सम्बोधनले थप निरासा र अन्योल बढाएको आरोप लगाएका छन् । नेता केसीले स्वास्थ्य मन्त्रालयले खरीद गरेको औषधीमा भएको भ्रष्टाचारलाई ढाकछोप गरेर गरिएको सम्बोधनले प्रधानमन्त्रीलाई भ्रष्टाचार र अकर्मण्यताको संरक्षकको रूपमा प्रमाणित गरेको बताए । 
कोरोना महामारी चम्किरहँदा प्रधानमन्त्रीले ओलीले १८ दिनपछि बल्ल अनुहार देखाएको बताँउदै नेता केसीले प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालका प्रवक्ताले पढेकै तथ्यांक पढेको दावी समेत गरे । 
प्रधानमन्त्रीको सम्बोधनबाट भारतमा जस्तै सांसद र मन्त्रीहरूका तलव र सुविधामा निश्चित प्रतिशत र सांसद विकास कोषको रकम पूरै काटेर वृहत कोरोना नियन्त्रण कोष निर्माण गरी परीक्षण र उपचारको दायरा बढाउने घोषणा गर्ने जनताले अपेक्षा गरेपनि सो अनुसारको सम्बोधन नआएको बताए । नेता केसीले भने “भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउलान, महामारीले सिर्जना गर्ने आर्थिक क्षतिको क्षतिपूर्तिका लागि कार्यक्रम बनाउने प्रतिबद्धता जनाउलान् र विदेशमा रहेका नागरिकहरूलाई संरक्षण गर्ने नीति र कार्यक्रम सार्वजनिक गर्लान् । तर आफूलाई डोनाल्ड ट्रम्पजस्तै देखाउन होला आगामी दुई साता चुनौतीपूर्ण रहेको घोषणा गरे र गए ।”
प्रधानमन्त्रीको सम्बोधन बारेमा नेता केसीले फेसबुक मार्फत दिएको प्रतिकृया यस्तो छ । 

कोरोना महामारी चम्किरहँदा प्रधानमन्त्रीले १८ दिनपछि बल्ल अनुहार देखाए । उनको सम्बोधनमा देशलाई, जनतालाई र महामारीलाई परास्त गर्न मैदानमा खटिरहेका योध्दाहरूलाई आश्वस्त पार्ने कुनै कुनै विषयबस्तु आएनन् । आशा थियो, भारतमा जस्तै सांसद र मन्त्रीहरूका तलव र सुविधामा निश्चित प्रतिशत र सांसद विकास कोषको रकम पूरै काटेर वृहत कोरोना नियन्त्रण कोष निर्माण गरी परीक्षण र उपचारको दायरा बढाउने घोषणा गर्लान, भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउलान, महामारीले सिर्जना गर्ने आर्थिक क्षतिको क्षतिपूर्तिका लागि कार्यक्रम बनाउने प्रतिबद्धता जनाउलान् र विदेशमा रहेका नागरिकहरूलाई संरक्षण गर्ने नीति र कार्यक्रम सार्वजनिक गर्लान् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पढेकै तथ्याङ्क पढे । आफूलाई डोनाल्ड ट्रम्पजस्तै देखाउन होला आगामी दुई साता चुनौतीपूर्ण रहेको घोषणा गरे र गए । कार्यक्रम योजनाको त कुरै छाडौं, सनातनको झैँ सपना र उखान समेत नभएको सम्बोधन कर्मकाण्डी मात्र हुँदा यसले देशमा थप निराशा र अन्योल मात्र सिर्जना गरेको छैन प्रधानमन्त्रीलाई भ्रष्टाचार र अकर्मण्यताको संरक्षकको रूपमा प्रमाणित गरेको छ । कोरोना सत्ताको तर मारेर नअघाएकाहरूलाई वाइडबडी, मेलम्ची एनसेलको करछुट, स्क्युरेटी प्रेस खरिदजस्ता काण्डका कमिसनले नभरिएको कमरेडहरूको समाजवादी पेट भर्ने अवसर बनेको पुष्टि भएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video