राजनीति
Apr 06, 2020
नेपाली काँग्रेस शिवपुरी–काठमाण्डौं सम्पर्क समाजद्धारा राहत प्रदान
काठमाण्डौं । चैत २४ । लकडाउनको समयमा खाध्यान्न अभाव झेलेको एक परिवारलाई नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समाजले सहयोग गरेको छ । 

नुवाकोटको शिवपुरी गाउँपालिका वडा न ७ घर भई काठमाडौको बालाजुमा रङको काम गदै आइरहेका ईश्वर ठकुरीको परिवारलाई नेपाली कांगेस नुवाकोट शिवपुरी काठमाडौं सम्पर्क समाजका पदाधीकारीहरुले आज बिहान कोठामानै पुगेर राहत प्रदान गरेका छन् । ठकुरी परिवारलाई एक बोरा चामल, दाल ,चुनी, नुन,साबन लगायतका सामान वितरण गरिएको सम्पर्क समितिका अध्यक्ष समाजसेवी मुकुन्द प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

लकडाउनले खाध्यान्न अभाव भएको जानकारी पाएपछि समाजले ठकुरीलाई कोठामानै खाध्यान्न लगिदिएको थियो । 
समाजका अध्यक्ष अध्यक्ष मुकुन्द प्रसाद पाण्डेको पहलमा उपाध्यक्षहरु प्रल्हाद थापा, दवाड. तामाड.,रेनुका पोखरेल,सिताराम गुरुड. सचिव श्यम प्रसाद पाण्डे सहसचिव चिरन्जिवी आचार्य र राम पसाद पाण्डे सदस्यहरु रामकाजी खड्का ,केसब थापा नवराज भण्डारी लगायतले सहयोग गरेका थिए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video