सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 31, 2020
नुवाकोटमा बुहारीलाई खुकुरी प्रहार गर्ने जेठाजु पक्राउ
काठमाण्डौं । चैत्र १८ । नुवाकोटमा बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । 
दुप्चेश्वर गाउँपालिका ५ कामचोक तिमाल बस्नेी २७ वर्षीय सानुकान्छा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 
सानुकान्छाले मादक पदार्थ सेवन गरी आफ्नै २५ वर्षीया बुहारीलाई घरायसी बिवादको कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video