केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
राजनीति
Mar 31, 2020
जहाँ सङ्कट त्यहाँ युवा सङ्घ’ को नारासहित स्वयं सेवा खटीने
काठमाण्डौं । चैत १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले कोभिड–१९ कारण उत्पन्न मानवीय सङ्कटका समयमा सम्बन्धित सरकारसँग सहकार्य गरी स्वयंसेवामा जुट्न कार्यकर्तालाई सर्कुलर गरेको छ ।

सङ्घका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ र सहसंयोजक रमेश पौडेलले आज विशेष सर्कुलर जारी गरी सङ्गठनका नेता, कार्यकर्तादेखि सदस्यसम्म ‘हामी जहाँ छौँ, त्यहीँबाट यो लडाइँमा  सहभागी बनौँ । जहाँ छौँ, त्यहीँ सक्रिय होऔँ । त्यहीँको समस्यासँग जुधौँ र हाम्रा स्थानीय सरकार तथा प्रशासनसँगको सहकार्यमा असहजतालाई सहजतामा बदल्न लागि परौँ ।’ भन्ने आह्वान गर्नुभएको हो । 

सक्रङ्मणको जोखिम रोक्न सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न÷गराउन चेतनामूलक प्रचार गर्न आफ्नो स्थानीय समुदायभन्दा बाहिरबाट घर फर्केकालाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने व्यवस्थाका लागि र अनुशासनका लागि उत्प्रेरित गर्न पनि आग्रह गरिएको छ ।
 
सरकारी निकाय र जनसुमदायबीच पुलको काम गर्दै ज्यालादारी श्रमिक वर्ग सबैभन्दा समस्यामा परेकाले सरकारले घोषणा गरेको राहतको सहजीकरणमा स्थानीय सरकार र श्रमिक समुदायलाई सहजीकरण गर्न सर्कुलरमा भनिएको छ । सो कार्यका लागि सङ्गठनले कुनै राहात र आर्थिक सङ्कलन नगर्ने बरु चेतनामूलक प्रचार सामग्रीको व्यापक प्रचार÷प्रसार गर्ने उल्लेख गरिएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video