प्रमुख समाचार
Mar 30, 2020
थालियो पिपिइ वितरण
पोखरा, चैत १७ कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमणको उपचारलाई लक्षित गरी आइतबारदेखि उपचारमा प्रयोग गरिने विशेष प्रकारको सुरक्षित पोसाक (पिपिइ) वितरण थालेको छ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमणको उपचारमा सुरक्षित भई उपचार सेवा गर्न सहयोग पु¥याउने उद्देश्यका साथ १७ वटा पिपिइ वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको उपचारका लागि पोखराबाट दुई र काठमाडौँबाट १५ वटा पिपिइ ल्याइएको जानकारी दिँदै उहाँले नाउँडाडास्थित स्वास्थ्य चौकी र आयुर्वेदिक अस्पताल लुम्लेलाई एक÷एक वटा पिपिइ वितरण गरिएको बताउनुभयो । आज सबै पिपिइ वितरण गरिसक्ने बताउँदै अध्यक्ष कुँवरले कोरोना सङ्क्रमणको उपचारका लागि गाउँपालिकामा उपलब्ध साधनस्रोतलाई अधिकतम परिचालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा हालै विदेशबाट आएका २६ जनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ । लकडाउनको गाउँपालिकामा राम्रै पालना भइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नं १ स्थित हिमालय देउराली होटेल, २ स्थित माछापुच्छ«े मावि, ३ स्थित लुम्ले कृषि केन्द्र, ४ स्थित प्रगतिशील मावि, ६ स्थित सङ्गम मावि, ८ स्थित बीरेठाँटी मावि र १० स्थित मेश्रम बराह माविमा क्वारेन्टाइन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video